काठमाडौं। कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय जाजरकोटले ६ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। सडक निर्माण गर्न सम्झौता गरी तोकिएको समय भित्र सम्पन्न नगरेपछि कार्यालयले ठेक्का तोडी कारबाही गर्ने चेतावनी दिएको हो।
निर्माण कार्य सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समय सम्म निर्माण सम्पन्न गर्न तिर अग्रसर नभएको कार्यालयले जनाएको छ। सार्वजानिक खरिद ऐन तथा नियमावली र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का तोड्न नपर्ने कुनै मानवीय कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा आधिकारिक प्रतिनिधि उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
अन्यथा ठेक्का सम्झौताको शर्त, सार्वजनिक खरिद ऐन, नियमावली र प्रचलित कानुन बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने कार्यालयले जनाएको छ।
