काठमाडौं। नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना दाङले चार वटा निर्माण कम्पनीलाई कारबाहिको चेतावनी दिएको छ। निर्माण कार्य सम्झौता गरेर समयमा सम्पन्न नगर्ने निर्माण कम्पनीलाई आयोजनाले कारबाहिको चेतावनी दिएको हो।
उक्त कार्यालयमा निर्माण कार्यको सम्झौता गरेको लामो समय वितिसक्दा पनि हालसम्म निर्माण कार्य अगाडी नबढाएको आयोजनाले जनाएको छ। निर्माण कार्य गर्न पटक पटक लिखित तथा मौखिक निर्देशन गर्दा समेत निर्माण कार्य गर्न तिर चासो नबढाएपछि कारबाहिको चेतावनी दिएको आयोजनाले बताएको छ।
ठेक्का सम्झौता भएको म्याद पनि सकिन लागेको छ। समयमा काम नगर्नुमा कुनै मानविय कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित आयोजनाको कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ। अन्यथा यसै सूचनालाई आधार मानि कारबाहिको प्रक्रिया अघि बढाईने आयोजनाले जनाएको छ।
