भैरहवा। रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ। जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना भएको हो।
मृत्यु हुनेमा एक जना महिलासमेत रहेकी छन्। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ। बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। बस रुपन्देहीको रोहिणी गाउँपालिका–४ र ओमसतिया गाउँपालिका–४ को सीमामा रोहिणी नदीमा खसेको हो।
घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ। उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।