काठमाडौं। बागमति प्रदेश सरकार खानेपानि, उर्जा तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाले सम्झौता अनुसार समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। निर्माण कार्य गर्नका लागी पटक पटक अनुरोध गर्दा पनि काम नगरेपछि ठेक्का तोड्ने चेतावनी दिएको हो।
पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै तर्फ कुनै चासो नदेखाएको कार्यालयले जनाएको छ। ठेक्का तोड्नुपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
अन्यथा ठेक्का सम्झौतका शर्त, सार्वजानिक खरिद ऐन तथा नियमावली र प्रचलित कानुनबमोजिम ठेक्का तोड्ने प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
