काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरले निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। लामो समयसम्म सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको हो।
उक्त कार्यालयसँग ठेक्का सम्झौता गरी सडक पुनस्र्थापना कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगतिमा सुधार नआएको, पेश भएको कार्यतालिका अनुसार कार्य नभएको, साथै कार्य सम्पन्न गर्न तर्फ अग्रसर नभएको कार्यालयले जनाएको छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। अन्यथा प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारवाहिको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
