काठमाडौं। धरानस्थित सर्दु र सेती खोलाबाट चार वटा ट्याक्टर नियनत्रणमा लिएको छ। नेपाल प्रहरी तथा धरान उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
खोलाबाट अवैधरुपमा ढुङ्गा, गिटी, बाल्ुवा निकाल्दै गरेको अवस्थामा को. २ त. १३६४ र को. १ त. ४५४० र को. २ त. २९१२ नम्बरको तीनवटा ट्याक्टर टोलीले नियन्त्रणमा लिएको धरान उपमहानगरपालिकाले जनाएको छ।
त्यसैगरी सेउती खोलाबाट को. २ त. ३१५४ नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको बताईएको छ। चार वटा ट्याक्टर सहित चालक पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। धरानका स्थनीय खोलामा ढुङ्गा, गिटी, बालुवालगाएतका वस्तुको उत्खननका लागी कुनै सवारी साधन र मानिस फेला परे कडा कारबाही गरिने धरान उपमहानगरपालिकाले जनाएको छ।