काठमााडौं। बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ। चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरेर खेल मैदान निर्माण कार्य सुरु भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एकसय मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदान निर्माण कार्य सुरु भएको हो।
उक्त खेलमैदान निर्माणको जिम्मा बिग बी एन्ड कम्पनीले पाएको छ। क्याम्पसको आफ्नै खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको थियो। खेल मैदान निर्माण कार्य सुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पसले जनाएको छ।
खेल मैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खा भाइ)ले शिलान्यास गरेका छन्। सो निर्माण कार्यको शिलान्यास गर्दै दशरथचन्द नगरपालिका प्रमुख जोशीले खेल मैदानको थप स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलमैदान निर्माण गरेपछि खेलकुदका लागि सहज हुने विश्वास गरिएको छ।