काठमाडौं । बुढीगण्डकी र स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार गोरखाको धार्चे गाउँपालिकाबाहेक सबै क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको छ। सडक पहुँच नहुँदा र विद्युत् लाइनमा ठूलो क्षति पुगेकाले धार्चेमा पुनःस्थापनाको काम भइरहेको छ।
मन्त्रालयका अनुसार बाढीले गोरखा र धादिङका विद्युत् वितरण प्रणाली तथा विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। प्रभावित सबै क्षेत्रमा यसै हप्ताभित्र विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ।