काठमाडौं । नवीकरणीय ऊर्जाको प्रवर्द्धन र ऊर्जा दक्षता बढाउने उद्देश्यसहित सरकारले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विधेयक दर्ता गरेका हुन्।
विधेयकमार्फत सौर्य, वायु, जैविक तथा जलस्रोतमा आधारित नवीकरणीय ऊर्जाको विकास र विस्तार गर्ने सरकारको लक्ष्य छ।
विधेयक ऐनका रूपमा कार्यान्वयनमा आएपछि ऊर्जामा नागरिकको पहुँच बढ्ने, ऊर्जा बचत तथा समुचित उपयोग प्रवर्द्धन हुने र वातावरण संरक्षणमा योगदान पुग्ने सरकारको विश्वास छ।