कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महाकाली नदीमाथिको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुंगे पुलको शुक्रबार बिहान अनुगमन गरेका छन्।
पुल भत्किएकामा दुःख व्यक्त गर्दै उनले यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरे।
लेखकले उक्त पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई देशकै ऐतिहासिक सम्पदा भएको बताए। २०५६ सालमा सांसद निर्वाचित भएपछि आफूले महाकालीमा झोलुंगे पुल निर्माणको प्रस्ताव राखेको स्मरण गर्दै उनले नेपाली बजेट, प्राविधिक र निर्माणकर्ताबाट पुल बनेको उल्लेख गरे।
पुलले दोधारा चाँदनीलाई देशका अन्य भूभागसँग प्रत्यक्ष जोड्नुका साथै नेपालमा लामो झोलुंगे पुल निर्माण प्रविधिको विकासमा समेत योगदान पुर्याएको उनको भनाइ छ।