बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हुरीले ठूलो क्षति पुर्याएको छ। नगरपालिकाका अनुसार एक वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ।
बाढीपहिरोका कारण थप १३३ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ। यस्तै, हुरीका कारण ३९ घर पूर्ण र ५२ घरमा आंशिक क्षति भएको छ।
प्राकृतिक विपद्का कारण सिँचाइ संरचनामा समेत ठूलो नोक्सानी पुगेको छ। पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ संरचनामा सामान्य क्षति भएको छ। त्यस्तै, कच्ची सिँचाइका २०३ संरचना क्षतिग्रस्त भएका छन्।