गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ। नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोली परिचालन गरी हालसम्म ३६ जनाको उद्धार गरेको छ।
सेनाका चारवटा हेलिकोप्टर परिचालन गरी जगतबाट ६, न्याक्फेदीबाट ९, यारुबाट ९ र पायुबाट १२ जनाको उद्धार गरिएको हो।
यारुबाट उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।