काठमाडौं। भारतमा सडक निर्माणमा नयाँ रेकर्ड बनेको छ । भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले सडक निर्माणमा विश्व कीर्तिमान कायम गरेको हो।
सो कीर्तिमान गिनिज वल्र्ड रेकर्डको सूचीमा पनि परेको छ। केन्द्रीय मन्त्री नितिन गडकरीले प्राधिकरणले १०५ घण्टा ३३ मिनेटमा ७५ किलोमिटर सिंगल लेन सडक बनाएको बताएका छन्। उनले राजपथ इन्फ्राकन प्राइभेट लिमिटेड र महाराष्ट्रको अमरावती र अकोला बीचको राष्ट्रिय राजमार्ग–५३ मा जगदीश कदमले जुन ३ र जुन ७ को बीच ७५ किलोमिटर लामो सडक तयार पारेका थिए।
उक्त सडक निर्माण गर्न डामर।बिटुमिनस कंक्रीट प्रयोग गरिएको बताइएको छ। प्राधिकरणले यसो गरेर आफ्नै अघिल्लो रेकर्ड तोडेको छ।
केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै भनेका छन्– यति लामो सडक बनाउन मात्र १०५ घण्टा ३३ मिनेट लाग्यो। यसका लागि एनएचएआईका ८०० कर्मचारी, ७२० मजदुर, धेरै सल्लाहकारले निरन्तर काम गरे। जून ३ गते बिहान ७ः२७ बजे सुरु भएको सो सडकको काम जुन ७ गते बिहान ५ बजे सम्पन्न भएको थियो।
यसअघि यो कीर्तिमान कतारको पीडब्लुडीको नाममा रहेको थियो। २७ फेब्रुअरी २०१९ मा, कतारले अल–खोर एक्सप्रेसवेको लागि सडक निर्माण गर्न १० दिन लगाएको थियो। अब भारतले मात्र ४ दिनमा त्यही लामो सडक बनाएको छ। यो सडकले कोलकाता, रायपुर, नागपुर, अकोला, धुले र सुरतको खनिज धनी क्षेत्रहरूलाई जोडने बताइएको छ।