काठमाडौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयले समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको छ। कार्यालयले दुईवटटा निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको हो।
लामो समयसम्म निर्माणको काम नगरेको, कार्य प्रगति सन्तोषजनक नभएको पाएपछि पटक पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत अहिलेसम्म कार्य प्रगति नभएको कार्यालयले जनाएको छ।
सम्झौता भएको कार्य तालिका अनुसार काम नभएको, साथै कार्य सम्पन्न गर्ने तर्फ अग्रसर नभएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा आधिकारिक प्रतिनिधि स्वयम् कार्यालयमा विश्वसनिय स्पष्टीकरण सहित उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
अन्यथा प्रचलित कानुन एवम् ठेक्का सम्झौताका शर्त बमोजिम कारबाही प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
