काठमाडौं। शनिबार काठमाडौंको दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा व्यवस्थापन गरिएको हो।
बञ्चरेडाँडाका स्थानीयबासीसँग सहमती भएसँगै लामो समयदेखि उठ्न नसकेको फोहोर उठ्न थालेको हो। सहमतीसँगै शुक्रबार र शनिबार फोहोर ढुवानी तथा विसर्जन गर्न कसैले अवरोध गरेनन्।
काठमाडौं महानगरपालिकाले फोहोरको व्यवस्थापन र उत्पादन कम गर्नको लागि कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन अनुरोध गरेको छ। महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको छ।