काठमाडौं। नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण आयोजना रामेछापले समयमा सन्तोषजनक काम नगर्ने निर्माण कम्पनीको नाम सार्वजानिक गरेको छ।
उक्त आयोजनासँग खरिद सम्झौता गरी हाल निर्माणाधीन रहेका निर्माण कार्यहरुको अहिलेसम्मको कार्य प्रगती सन्तोषजनक नदेखिएको आयोजनाले जनाएको छ। आगामी आर्थिक वर्ष २०७९।०८० मा उल्लेखित योजना। कार्यक्रमहरु बार्षिक कार्यक्रम तथा बजेटमा समावेश नभएकोले चालु आर्थिक वर्ष भित्रै सम्पन्न गरी फरफारक गर्न बिभागीय निर्देशन समेत प्राप्त भएकोले निर्माण व्यवसायीलाई खरिद सम्झौता अवधी भित्रै सम्झौता बमोजिम निर्माण सम्पन्न गरी अन्तिम बील भुक्तानीका लागि पेश गर्न आयोजनाले जानकारी गराएको छ।
तोकिएको समय अवधिमा निर्माण कार्य सम्पन्न नभएमा सार्वजानिक खरिद ऐन, २०६३, ऐ. नियमावली, २०६४ तथा खरिद सम्झौतामा भएका प्रावधान बमोजिम खरिद सम्झौता अन्त्य गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाईने आयोजनाले जनाएको छ।
