काठमाडौं। नेपाल सरकार शहरी विकास मन्त्रालय, संघीय आयोजना कार्यान्वयन इकाई. कास्कीले ४० निर्माण कम्पनीलाई धरौटी रकम फिर्ता लिन निर्देशन दिएको छ। बहिबार सूचना जारी गर्दै धरौटी रकम फिर्ता लिन निर्देशन दिएको हो।
कार्यालयले धरौटी खातामा जम्मा गरिएको धरौटी रकम आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वको नियमाली २०७७ को नियम ६६(२) बमोजिम प्रचलित कानुन अवधि तोकिए बमोजिम वा प्रयोजन समाप्त भएका एक वर्ष भित्र सो धरौटी रकम फिर्ताको लागि धरौटी रकम जम्मा गरेको प्रमाण तथा अन्य आवश्यक कागजात सहित सम्बन्धीत व्यक्ति संस्थाले कार्यालयमा निवेदन पेश गरी सोही नियमावलीको नियम ६६(३) अनुसार तपसिल वमोजिमका निर्माण व्यवसायीले आफ्नो धरौटी रकम फिर्ता लिन कार्यालयले निर्देशन दिएको छ।
उक्त धरौटी रकम फिर्ता लिनको लागि मू.अ.कर समयोजन र कर चुक्ता प्रमाणपत्र सहित कार्यालयमा यो सूचना भएको १५ दिन भित्र सम्पर्क राख्न अनुरोध गरेको छ। अन्यथा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६८ वमोजिमको कारवाहि प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
