काठमाडौं। नेपाल सरकार शरी विकास तथा भवन निर्माण विभाग नेपालगञ्जले समयमा काम नगर्ने तिन वटा निर्माण कम्पनीको ठेक्का ताडी कालोसूमा राख्ने चेतावनी दिएको छ। कार्यालयले बिहिबार सूचना प्रकाशन गर्दै तिन वटा निर्माण कम्पनीको ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
उक्त कार्यालयले सार्वजानिक गरेका निर्माण कम्पनीले समयमा काम नगरेको, म्याद थपको मौका दिँदा पनि निर्माण कार्यमा सन्तोषजनक प्रगति नगरेको, तोकिएको म्यादभित्र काम सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि काम गर्न अग्रसर नभएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जले प्रकाशन गरेको सूचनामा थेगिम।गाल्वा।एम.एस.ज.भी, कृष्णसागर कन्स्ट्रक्सन प्रा.लि, अमन कन्स्ट्रक्सन कम्पनीको नाम सार्वजानिक गरिएको छ।
