काठमाडौं। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ६ र ४ को बीचमा पर्ने जडाङ्गा नदिमा पुल निर्माण भएको छ। उक्त पुल छ वर्षपछि बल्ल निर्माण भएको हो।
पाँच करोड पाँच लाख १६ हजार नौ सय लागतमा काष्ठमाण्डौ मसिना जेभिले कामको जिम्मा पाएको थियो। सो निर्माण कम्पनीले २०७३ साल असार ३० गते सम्झौता गरी २०७५ असार ३० गते मा सम्पन्न गर्ने गरी काम सुरु गरेको थियो। सम्झौता भएको चार वर्षपछि मात्र सो पुल निर्माण सम्पन्न भएको हो।
स्थानीयका अनुसार ठेकेदारको लापरबाहीका कारण समयमै पुल निर्माणको काम सम्पन्न हुन नसकेको हो। तीन वर्षमै काम सम्पन्न गर्छु भनेर पुल निर्माणको जिम्मा लिएका पन्तले सम्मझौता मितिमा काम सम्पन्न गर्न नसेपछि गत वर्षमा फेरि काष्ठमाण्डौ जेभि प्रालिले उक्त पुल निर्माणको काम सुरु गर्दै आएको थियो।
नदीमा बेलिब्रिज हुँदा स्थानीयलाई आवतजावतमा सहज हुँदै आएको भएपनि गत वर्षको बाढीपहिरोले उक्त बेलिब्रिज सेमत बगाएपछि केही महिना बाजुराका स्थानीयले मार्तडीमा आवतजावत गर्दा निकै समस्या भोग्दै आउनु परेको थियो। अहिले सो खोलामा पक्की पुल निर्माण भएपछि आउजाउमा सहज हुने भन्दै उत्साहित भएका छन्।
उक्त पुलको निर्माण कार्यमा ढिलाइ भएको भन्ने समाचार पटक पटक आएपछि पुल निर्माणको कामले तीब्रता पाएपछि अहिले सो पुल निर्माणको काम सम्पन्न भएको स्थानीयका भनाई छ।
बडिमालिका नगरपालिकाको ६ र ४ मा रहेको जडाङ्गा नदिमा डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको लागि सङ्घीय सरकारबाट रकम विनियोजित भएको थियो।
नदीमा पानीको बाहक बढ्दै गएकोले पुल निमार्णको काम रोकिएपनि यो वर्षमा पुल निर्माणका काम सम्पन्न भएको काष्ठमाण्डौ जेभि प्रालिले जनाएको छ।