काठमाडौं। बाढीले डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार राति परेको वर्षका कारण आएको बाढीले सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको हो।
रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि बिहीबार रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।
त्यस्तै पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ।
मरासिनीले घोडाहा खोलाको डाइभर्सन मर्मत गर्ने काम सुरू गरिएको छ। तुरिया खोलामा बेलिब्रिज निर्माण कार्य पनि पूरा भएको छ।
बेलिब्रिज सञ्चालनमा आए पनि भारबाहक गाडीको लोड थेग्न नसक्ने भएकोले ठूला मालबाहक सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ।
अहिले बुटवलबाट पूर्व जाने सबै गाडीहरू भैरहवा–परासी–भुमही सडक हुँदै आवतजावत गरिरहेका छन्।