काठमाडौं। नेपाल सरकार, सघन शहरी तथा भवन निर्माण आयोजना बबरमहलले समयमा काम नगर्ने ३२ निर्माण कम्पनीको नाम सार्वजानिक गरेको छ। सघन शहरी तथा भवन निर्माण आयोजना बबरमहलले आइतबार सूचना प्रकाशित गर्दै ३२ निर्माण कम्पनीको नाम सार्वजानिक गरेको हो।
आयोजनाले नाम र्साजानिक गरेका कम्पनीले कार्य प्रगति हाल सम्म पनि सन्तोषजनक नभएको नदेखिएको, आगामी आ.व २०७९।८० मा उल्लेखित योजनाहरु बार्षिक कार्यक्रम तथा बजेटमा समावेश नभएको र चालु आ.व भित्रै उक्त योजनाहरु सम्पन्न गरी फरफारक गर्न विभागीय निर्देशन समेत प्राप्त भएकोले सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले सम्झौता अवधि भित्रै सम्झौता बमोजिम निर्मााण कार्य सम्पन्न गरी निर्धारीत समय भित्रै अन्तिम बिल समेत भुक्तानीका लागि पेश गरिसक्न अनुरोध गरेको छ।
तोकिएको समय भित्र निर्माण कार्य सम्पन्न नभई भुक्तानी हुन नसकेमा सार्वजानिक खरिद ऐन २०६३, सा. ख. नियमावली २०६४ तथा खरिद सम्झौतामा भएका प्रावधान बमोजिम सम्झौता अन्त्य गरी आवश्यक कारबाही प्रकृया अघि बढाइने चेतावनी समेत आयोजनाले दिएको छ।
