काठमाडौं। नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। सिमकोट गाउँपालिका – ७ को ओख्रेनमा टावर निर्माण गरी सेवा सुचारू गरेको हो।
फोरजी सेवाबाट मोवाईल सेवा सुचारु हुँदा स्थानीय सेवाग्राहीलाई सहज भएको छ। फोर जी टावर सञ्चानलमा आउँदा सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाका स्थानीय सेवाग्राही सञ्चारको पहुँजमा जोडिएको स्थानीयले बताए।
विगत लामो समयदेखि सिमकोट गाउँपालिका भित्रका डाँडाफया, धारापोरी, स्यांडा, खोल्सी र नाम्खा गाउँपालिकाका हेप्का, गाडापारी, खगांलगाउँ, धिगा , केमी, च्यादुुक गाउँ लगायतका क्षेत्रका स्थानीय सेवाग्राही सञ्चारको पहुँजबाट बञ्चित हुँदै आएका थिए। फोरजी सेवा सञ्चालन भएसँगै स्थानीयपनि खुसि भएका छन्।