काठमाडौं। संघीय आयोजना कार्यान्वयन इकाई मोरङले समयमा काम नगर्ने २६ निर्माण कम्पनीलाई कारवाहिको चेतावनी दिएको छ। सोमबार सूचना जारी गर्दै कार्यालयले समयमा काम नगर्ने २६ निर्माण कम्पनीलाई कारबाहिको चेतावनी दिएको हो।
कार्यालयले प्रकाशित गरेको सूचनामा विभिन्न मितिमा खरिद सम्झौता गरी हाल निर्माणाधिन अवस्थामा रहेका योजनाहरु अहिलेसम्मको कार्य प्रगति सन्तोषजनक नरहेको उल्लेख गरीएको छ।
चालु आर्थिक वर्ष भित्रै निर्माणको काम सम्पन्न गरी फरफारक गरि अन्तिम विल भुक्तानीको लागि पेश गरिसक्न कार्यालयले अनुरोध गरेको छ।
यदि सम्झौता अवधीमा निर्माणको काम सम्पन्न नभएमा ठेक्का तोडी आवश्यक कारबाहि गरिने समेत कार्यालयले चेतावनी दिएको छ।
