काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ बराम्ची सडकको राम्चे खण्डमा निमार्ण गरिएको गुणास्तरहीन नाला भत्काएका छन्। जनप्रतिनिधिले सो नाला भत्काएका हुन्।
नाला निमार्ण गुणास्तरहीन भएको ठूलो जनगुनासो बढेपछि उक्त गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठ नेतृत्वको टोलीले उक्त गुणास्तरहीन नाला भत्काएर पुन गुणास्तरयुक्त नाली निमार्ण गर्न ठेकेदारलाई निर्देशन दिइएको छ।
उपाध्यक्ष श्रेष्ठले प्राबिधिक टोली लिएर नाला निमार्णको अनुगमन गर्न पुगेका थिए। नाला निमार्णमा कंक्रीट आवश्यकता अनुसार प्रयोग नगरिएको, पिपिसि गर्दा सामान्य मापदण्ड समेत पालना नगरेकोले नाला भत्काएर पुन निमार्ण गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। एक सय मिटर भन्दा बढी नाला भत्काइएको छ।
नाला निमार्ण गुणास्तरहीन देखिएकोले भत्काएर गुणास्तरयुक्त नाला निमार्ण नगरेसम्म भूत्तानी रोक्ने उनले बताए। गाउँपालिकाका प्राबिधिक संदेश ढुंगेलले उक्त नाला निमार्णमा प्रयोग भएका सामाग्री गुणास्तरहीन भएको बताए।
गोरखापत्र दैनिकबाट