काठमाडौं। शहरी विकास तथा भवन कार्यालय भैरहवाले समयमा काम सम्पन्न नगर्ने २० वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले मङ्गलबार सूचना जारी गरी समयमा काम नगर्ने २० निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालयले प्रकाशित गरेको सूचनामा पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत हालसम्मको कार्य प्रगति सन्तोषजनक नदेखिएको उल्लेख गरिएको छ।
शहरी विकास तथा भवन कार्यालय भैरहवाले निर्माण व्यवसायीहरुलाई खरिद सम्झौता अवधी भित्रै सम्झौता अवधी भित्रै सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका लागि पेश गरि सक्न अनुरोध गरेको छ।
यदि समयमा निर्माण कार्य सम्पन्न नभएमा खरिद सम्झौता अन्त्य गरी आवश्यक कारवाही प्रकृया अघि बढाइने चेतानी कार्यालयले दिएको छ।
