फाइल तस्बिर
काठमाडौं। धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। टिखा–मेल्लेखा–पातिहाल्ने सडक खण्डमा आह्वान गरिएको ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रिया सम्पन्न भएको हो।
आवेदन दिने निर्माण व्यवसायीहरुबाट ६ वटा प्रविधिक रुपमा पास भएको सडक विभाग सुर्खेतले जनाएको छ।
प्रविधिक रुपमा छनोट भएका कम्पनीहरुमा कन्टेक प्रालि, राजेन्द्र निर्माण सेवा प्रालि, हिमदुङ एन्ड थोकर–स्वाँर जेभी, पीएस–रोयल जेभी, सीएबी–डुनिला जेभी र केएस कन्स्ट्रक्सन प्रालि लगायतका निर्माण कम्पनीहरु छन्।
अब यी प्राविधिक रुपमा छनोट भएका निर्माण कम्पनीले आर्थिक पेस गर्न सक्नेछन्। यसबाट जुन कम्पनीले ठेक्कामा कम कबोल गर्नेछ, उसले नै निर्माणको जिम्मा पाउनेछ।
यस ठेक्कामा निर्माण कम्पनीले टिखा–मेल्लेखा–पातिहाल्ने सडक खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम गर्नु पर्नेछ।