काठमाडौं। नेपाल सरकार, शहरी विकास मन्त्रालय, नयाँ शहर आयोजना कार्यालय तनहुँले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखिने चेतावनी दिएको छ। कार्यालयले बिहिबार सूचना जारी गर्दै कालोसूचिमा राखिने चेतावनी दिएको हो।
कार्यालयले कारबाहिको चेतावनी दिएका निर्माण कम्पनीले कार्यालय र निर्माण कम्पनी बिच सम्झौता भई सम्झौता अवधीमा निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएकोले यो सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ।
यो सूचना प्रकाशित भएका मितिबाट सात दिन भित्रमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित प्रोपाईटर तथा अअधिकारिक व्यक्तिहरु कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
तोकिएको समयअवधिमा कार्य सुरु गर्ने तदारुकता नदेखाएमा सार्बजानिक खरिद ऐन द्दण्टघ र सार्बजानिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौतामा प्राबधान भए बमोजिम ठेक्का सम्झौता तोडी कालासूचिमा राख्ने तथा कार्यसम्पादन जमानत भुक्तानी धरौटी बापतको रकम साथै बाँकी काम गर्न लाग्ने खर्च र अन्य क्षतिपूर्ति रकम समेत सरकारी बाँकी मानी असुल उपर गर्ने तर्फ अघि बढाईने कार्यालयले जनाएको छ।
कार्यालयले कालोसूचिमा राख्ने चेतावनी दिएको निर्माण कम्पनीमा सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.ली रहेको छ।
