काठमाडौं। नेपाल सरकार हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ९ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज (सोमबार) सूचना जारी गर्दै ९ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
हुलाकी राजमार्ग निर्देशनालय काठमाडौ र निर्माण व्यवसायी बिच विभिन्न मितिमा खरिद सम्झौता भएका ठेक्काहरुको कार्य प्रगति न्यून भएको, म्याद सकिएको र बाह्य समस्याबिना लामो समयसम्म निर्माण कार्य रोकिएका ठेक्काहरुको निर्माण कार्य अगाडी रोकिएका ठेक्काहरुको निर्माण कार्य अगाडी बढाउन विभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दा पनि कार्य प्रगति सन्तोषजनक नभएको कार्यालयले जनाएको छ।
निर्माण कार्य गर्ने प्रति कुनै चासो नदेखाएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा ठेक्का तोड्न नपर्ने कुनै मानविय कारण भएमा विश्वसनिय स्पष्टीकरण सहित आधिकारिक व्यक्ती कार्यालयलमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
समयमा उपस्थित भई स्पष्टीकरण पेश नगरेमा वा प्राप्त स्पष्टिकरण चित्तबुझ्दो नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का सम्झौताका शर्त, प्रचलित ऐन नियम बमोजिम ठेक्का सम्झौता अन्त्य गरी तत्पश्चात गरिने सम्पूर्ण कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाइने चेतावनीसमेत कार्यालयले दिएको छ।
