मोरङ। हुलाकी मार्गको रंगेली–विराटनगर सडकखण्डको कल्भर्ट बाढीले बगाएको छ।
निरन्तरको वर्षासँगै आएको बाढीले मोरङको रङ्गेली नगरपालिका–२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो।
मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ । सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।