काठमाडौं। नेपाल सरकार, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनगढीले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज (बुधबार) सूचना जारि गर्दै ४ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौं र निर्माण व्यवसायीहरु बीच विभिन्न मितिमा खरिद सम्झौता भएका ठेक्काहरुको म्याद समाप्त भईसकेको र निर्माण कार्य सम्पन्न गर्न बिभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दा समेत हाल सम्म पनि निर्माण कार्य सम्पन्न नगरेको कार्यलयले जनाएको छ।
निर्माण कार्य सम्पन्न गर्न कुनै पनि प्रकारको चासो नदेखाएको हुँदा सार्वजानिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताका शर्तहरु बमोजिम ठेक्का सम्झौता ठेक्का नतोड्नुपर्ने कुनै मानविय कारण भएमा यो सूचना प्रकाशित भएको सात दिन भित्रमा आधिकारिक प्रतिनिधि स्वयं यस योजना कार्यालयमा उपस्थित भई विश्वसनिय स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताको शर्त, प्रचलित ऐन नियम बमोजिम ठेक्का सम्झौता अन्त्य गरी तत्पश्चात गरिने सम्पुर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
