पोखरा। जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ। तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो।
अहिले जग्गा सम्याउने काम थालिएको बताइएको छ। आधा भागमा ग्राभेल हालेर सम्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ।
बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलोमुक्त बनाउने बताइएको छ। नाला निर्माण र ग्राभेलको काम भैरहेको छ। प्रदेश सरकारले र पोखरा महानगरले मिलेर काम सुरु गरिएको हो। नाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ। पोखराका मेयर धनराज आचार्य र वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको निरिक्षण गरेका छन्।
ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए।