काठमाडौं। मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ।
आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो। बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन।
कमिसनको चक्करमा एकै दिन अर्बौं रुपैयाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ। कमिसनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकासे मन्त्रालयका उच्च अधिकारीबीच मिलेमतो हुने गरेको पाइएको छ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलले त्यसै खेर फलिने पुरानै क्रमले निरन्तरता पाएको हो। यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ। राजधानी दैनिकबाट