काठमाडौं। झापाको बुद्धशान्ति गाउँपालिकाले काम अलपत्र बनाएर सम्पर्कविहिन भएका निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको छ। गाँपालिकाको कार्यालयले हिजो (सोमबार) सूचना जारी गर्दै चेतावनी दिएको हो।
कार्यालयले प्रकाशन गरेको सूचनामा निर्माण व्यवसायीले सम्झौता गरिएको ठेक्काको खरिद सम्झौतामा उल्लेख भए अनुसार तोकिएको अवधिमा सम्पन्न गर्नुपर्ने काम नगरेको, निर्माणस्थल जिम्मा लिई अलपत्र छाडेको, कार्यालय तथा प्राविधिकबाट पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको उल्लेख गरिएको छ।
निर्माण व्यवसायी र कार्यालयबिच भएका खरिद सम्झौताको गम्भीर उल्लङघन गरेको गाउँपालिकाले बताएको छ। समयमा काम नगर्नुको कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट तिन दिन भित्रमा कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ। अन्यथा कालोसूचिमा राखिने चेतावनीसमेत गाउँपालिकाको कार्यालयले जनाएको छ। कार्यालयले प्रकाशित गरेको सूचनामा भूमी/हिमालयन जे.भी विराटनगर रहेको छ।
