काठमाडौं। अविरल वर्षाका कारण डोटिको सिलगढी-साफे सडकखण्डमा पहिरो आउँदा तीन दिन देखि अवरुद्ध भएको पहलमानसिंह स्वार राजमार्ग पुनः संचालनमा आएको छ। सडक संचालनमा आएपछि तीन दिन देखि अलपत्र परेका सवारीसाधन तथा यात्रुहरु आ-आफ्नो गन्तव्यतिर लागेका छन्। अवरुद्ध भएको उक्त राजमार्ग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलिले खुलाएको हो। सडक संचालनमा आएपछि यात्रुहरु खुसी भएका छन्।