महेन्द्रनगर। कञ्चनपुर निर्माण व्यवसायी संघले कोभिड महामारीमा निधन भएका संघका साधारण सदस्यहरूका परिवारलाई सहयोग गरेको छ। संघले कोभिड महामारीमा निधन भएका सदस्यका परिवारलाई डेढ–डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो,
बिहीबार संघका अध्यक्ष प्रेमप्रकाश भट्टले केन्द्रीय समिति बाट प्राप्त सहयोग रकम परिवारलाई हस्तान्तरण गरेका छन्।
मित्र बिल्डर्स प्रालिका सञ्चालक स्व. जनकराज लेखकका छोरा डिल्लीराज लेखक र त्रिशक्ति एवं शिखर पाताल शक्ति निर्माण सेवाका सञ्चालक स्व. काशीसिंह कार्कीकी आमालाई सहयोग रकम हस्तान्तरण गरिएको हो।
यो पनिः
निर्माण व्यवसायीलाइ पुरस्कार र दण्डको नीति