काठमाडौं। काठमाडौंको फोहोर बोकेका गाडी तोडफोड गरिएको छ। फोहार बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको हो।
सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन्।
काठमाडौं महानगरपालिकाले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताएको छ,। फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ।