काठमाडौं। आइतवारदेखि काठमाडौंको फोहोर उठ्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतवारदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।
उनका अनुसार शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको छ। अवरोध नभए आइतवारदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले बताए।
फेसबुकमा मेयर बालेनले नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्याउन केही समय लाग्न सक्ने उल्लेख गरेका छन्। उनले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धन्यबाद दिएका छन्। उनले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने प्रतिवद्दता व्यक्त गरेका छन्।
थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेको उनको भनाइ छ। मेयर शाहले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरुलाई कार्यान्वयनका लागि हदैसम्म प्रयास गरिने उल्लेख गरेका छन्।