काठमाडौं। काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । स्थानीयको अवरोधका बीच १८६ फोहोरको गाडी बञ्चरेडाँडा पुगेको हो।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन्।
उनले आफ्नो प्रतिबद्धतामा आफू इमान्दार र सचेत रहेको भन्दै फोहोर व्यवस्थापन गर्दा कसैलाई समस्या हुन नदिने समेत उल्लेख गरेका छन्। शाहले लेखेका छन्, ‘प्रहरी प्रशासनको सहयोगमा आज १८६ फोहोरका गाडीहरू बञ्चरे डाँडा पुगेका छन् । हाम्रो उद्देश्य छ, फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको प्रयोग गर्नै नपरोस् । फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ ।’
काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।