सुनसरी। धरान उपमहानगरपालिकामा जथाभावि फोहोर फाल्नेलाई ५ सय देखि ५० हजारसम्म जरिवाना लगाउने निर्णय भएको छ। गत साउन २५ गते बसेको नगर कार्यपालिकाको बैठकले फोहोर व्यवस्थापनमा वाधा पुर्याउनेलाई ५०० देखि ५० हजारसम्म जरिवाना गराउने निर्णय गरेको हो।
फोहोर व्यवस्थित गर्न विभिन्न मापदण्डहरू बनाएको छ ।
नगरसभाको निर्णय अनुसार नगरपालिकाले निर्धारण गरेको स्थानमाबाहेक अन्यत्र फोहोर फोहोर निष्काशन गर्नेलाई ५ हजार र उपमहानगरले संकलन गरेको फोहोरलाई अनाधिकृत रुपमा प्रयोग गर्नेलाई ५०० रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।
त्यस्तै, रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने तथा जलाउनेलाई र औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाले उद्योग वा स्वास्थ्य संस्थाबाट निस्किने हानिकारक फोहोर जथाभावी फालेमा वा निष्काशन गरेका ५०र५० हजार जरिवाना तिराउने निर्णय गरेको छ ।
नगरपालिकाका अनुसार वातावारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५२ को उपदफा ५३ अनुसार कारबाहीको व्यवस्था गरिएको हो ।