काठमाडौं। रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा हातेमालो गर्न थालेका छन् ।रेडक्रसको स्वयंसेवकले बिहीबारदेखि काठमाडौंका मुख्य सडक तथा चोकबाट फोहोर व्यवस्थापन सुरु गरेका हुन्।
उनीहरुले कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरु गरेका छन् ।
अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आवद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरूले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने बताएका छन् । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिए।
सफाइ कार्यक्रमको पहिलो दिन बिहीबार बागवजार, कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम गरेका छन् । यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्ने उनीहरुको धारणा छ ।