काठमाडौं। काठमाडौं महानगरपालिकाले लामो समयदेखि टेकुमा थुपारिएको फोहर उठाएको छ। करिब ६ महिनादेखि थुपारिएको फाहोर करिब एक महिना लगाएर उठाएको हो।
स्थानीयको विवादका कारण ल्यान्डफिल साइड लैजान नसकेको फाहोर संकलन गरी टेकुमा थुपारिँदै आएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
ल्यान्डफिल साइटको समस्या समाधान भएसँगै उठाउन थालिएको थियो। करिब १५ सय टिपर फोहर व्यवस्थापन गरिको महानगरपालिले बताएको छ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत ६ महिनादेखि काठमाडौं उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो।