काठमाडौं। सार्वजानिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनी सहित १७ वटा कम्पनीसँग स्पष्टीकरण मागेको छ। कालोसूचिमा राख्न सार्वजानिक निकायहरुको नाम आएपछि कार्यालयले स्पष्टीकरण मागेको हो।
कालोसूचिमा राख्न नपर्ने कुनै पनि मानवीय कारण भएमा यो सूचना प्राप्त भएको मितिबाट ३० दिन भित्रमा कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नु भनि कम्पनीको ठेगानामा सूचना पठाईएकोमा हाल सम्मपनि लिखित पेश हुन नआएको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।
यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्रमा कालो सूचिमा राख्न नपर्ने कुनै कारण भएमा लिखित स्पष्टीकरण पेश गर्न सम्बन्धीत निर्माण व्यवसायीहरुलाई कार्यालयले आग्रह गरको छ।
अन्यथा यसै सूचनालाई अन्तिम मानि कालोसूचिमा राखिने कार्यालयले जनाएको छ।
