काठमाडौं। काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालयलाई आफ्नो परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।
महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन महानगरले सूचना निकालेको हो।
कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रेको भन्दै ३५ दिनभित्र हटाउन महानगरले आग्रह गरेको छ। तोकिएको समयभित्र फोहोर नहटाएमा कानुन बमोजिम कारबाही गर्ने र सम्बन्धित कार्यालयबाटै फोहोर व्यवस्थापनमा लाग्ने खर्च असुल गर्ने महानगरले चेतावनी समेत दिएको छ।
