काठमाडौं। पोखरा महानगरपालिका वडा नं ५ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रम जिरो किमि बाट सुरु भएको कार्यक्रम पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत विचार चोक सम्म सरसफाई गरिएको हो।
वडाले शुरु गरेको सरसफाई अभियान अन्तरर्गत पहिलो चरणमा मुख्य सडकहरु र अन्य चरणहरुमा भित्रि सडकहरु सरसफाई गरिने पनि बताइएको छ।
जनचेतनाको कार्यक्रमहरु लाई अगाडि बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा आमा समूह , यूवा क्लब , महिला समूह ,महानगर टिम , नागरिक समाज , ट्राफिक प्रहरी लगाएत २ सय जना भन्दा बढी सहभागि भएका थिए भन सरसफाई कार्यक्रम बाट एक ट्रक फोहोर संकलन गरिको थियो । अब महिनामा २ पटक आमा समुहहरु,टोल बिकास सस्थाहरुको साथमा सरसफाइ लाई निरन्तरता दिने वडाले जनाएको छ।