सुर्खेत। अहिले पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीको चरम अभाव भएको छ। यस गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्।
गाउँमा पानी भर्ने एउटा मात्रै स्थान भएकाले सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने ह्ँदा बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो झगडा हुने पलाँताकी अमनि बिश्वक्रर्माकाले जानकारी गराएकी छिन्।
गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन्। अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडा अध्यक्षले बताएका छन्। यस्तै कर्णालीका विकट गाउँका नागरिक अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन्।