ताप्लेजुङ। ताप्लेजुङको दुर्गम हिमाली क्षेत्र मिक्वाखोला गाउँपालिकामा फाइबर इन्टरनेट सेवा जडान गरिएको छ। मिक्वाखोला गाउँपालिका–५ पालुङसम्म अप्टिकल फाइबर इन्टरनेट सेवा विस्तार गरिएको हो ।
मिक्वाखोला गाउँपालिकाको साझेदारीमा सेवारो नेटवर्क प्रालिले दुर्गम क्षेत्रसम्म इन्टरनेट सेवा पुर्याएको हो । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका हुँदै मिक्वाखोलाको दुर्गम बस्ती पालुङसम्म फाइबर इन्टरनेट विस्तार गरिएको सेवारो नेटवर्क प्रालिले जनाएको छ।
ओझाका अनुसार सदरमुकाम फुङ्लिङदेखि करिब ४७ हजार मिटर बराबरको अप्टिकल फाइबरको तार टाँगेर पालुङसम्म इन्टरनेट विस्तार गरिएको छ। मिक्वाखोला गाउँपालिकाको वडा नं. १ र २ खोक्लिङ, वडा ३ लिबाङ, पालिका केन्द्र रहेको वडा ४ साँबा र वडा नं. ५ पालुङसम्म इन्टरनेट सेवा विस्तार गर्नका लागि करिब एक करोड रुपियाँ खर्च भएको छ।