सिन्धुपाल्चोक। जिल्लाको भोटेकोसी गाउँपालिकाको बगाममा नेपाल टेलिकमले टावर निर्माण गरेको छ। नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेसँगै बगामबासी सञ्चारको पहुँचमा जोडिएको छ।
मोबाइफोनबाट टाढा रहेको बगानमा टावर निर्माण भएपछी बल्ल मोबाइल चल्न थालेको स्थानीय बताउँछन्। ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले थ्रिजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए ।
थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते, तारतुङ, सेबुङलगायत गाउँका करिब १६० परिवार लाभान्वित भएका छन्।