म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ।
कालिगण्डकी कोरीडोरको रुप्से सडकखण्डमा बेलिब्रिजसहित पहिरो रोकथामको कार्य र सडक बिस्तार एवम् स्तरोन्नतिको काम भएकाले सडक बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार यस सडकखण्ड बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म दुई पटक गरेर पाँच घण्टा बन्दहुने भएको छ।
हाललाई वैशाख ४ गतेदेखि २० गतेसम्म बन्द हुने कार्यालयले जनाएको छ । एम्बुलेन्स तथा दमकल लगायतका अत्यावश्यक साधन भने सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।
यसैबीच बागलुङ–बेनी सडकखण्डमा कालोपत्रे गर्न वैशाख ५ गते देखि बन्द हुने भएको छ । बागलुङ–बेनी सडकखण्डमा कालोपत्रे गर्न वैशाख ५ देखि १२ गतेसम्म सडक बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएकाले सो समय सडक बन्द हुने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।