रुकुम पुर्व। भूमे गाउँपालिकामा इन्टरनेट सेवा सुरु गरिएको छ। गाउँपालिकाको वडा नम्बर २ काक्री सैपातुङ वडा नम्बर ६ महतको सार्बजनिक महिला भबनमाहरुमा इन्टरनेट सेवा सुरु गरिएको हो।
सबै नागरीकहरु इमेल तथा इन्टरनेट सुविधाको पहुचँमा पुगुन भन्ने उद्धेश्यले उक्त सार्वजानिक भवनमा इन्टरनेट सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ। भूमे गाउपालिकाको समन्वमा र जर्सी ओभरसिएरको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क इन्टरनेट सेवा सुचारु गरिएको हो।
जर्सी ओभरसिएर सेवा केन्द्र र डिप्रोस नेपाल द्धारा सन्चालित सम्मुन्ती डिजितल परियोजनाले भूमे गाउँपालिका भित्रका विभिन्न कृर्षक समुहका डिजितल साक्षर तालिम सन्चालन गर्दै आईरहेको छ।
विभिन्न तालिम मार्फत मोबाईल बैंङकिङ एपसहरुको प्रयोगात्मक विधि कृर्षी डिजिटल वालेत विभिन्न स्थमनहरुमा इन्टरनेट नभएको कारण डिजिटल वित्तिय साक्षरता शिक्षामा सहजिकर्ण गरिएको हो । नयाँ नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन तथा अनुसन्धान गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको बताइएको छ ।
इन्टरनेट सेवा सुरु भएपछि नागरिकहरुले सार्बजिक भबनबाटै इन्टरनेटको सेवासुविधा पाएका छन ।