काठमाडौं। काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई कारबाही गरेको छ ।
महानगरका अनुसार काठमाडौं–६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना तिराएको हो ।
महानगरपालिका भित्र जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महनागरले जनाएको छ। नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको बताइएको छ।